धादिङ । धादिङबाट पोखरा गई बसोबास गरिरहेका वा पोखरामा पेशा व्यवसाय गरिरहेकाहरुको साझा संस्था धादिङ-पोखरा सम्पर्क समाजका सदस्यहरुको मणिपाल अस्पतालले स्वास्थ्य सेवामा छुट दिने भएको छ ।
धादिङ पोखरा सम्पर्क समाजका सदस्यलाई छुट दिने मणिपाल अस्पतालले समाज संग लिखित रुपमा संझौता गरेको अध्यक्ष राजु पाण्डेले धादिङपोष्टलाई बताए ।