धादिङ । धादिङ-पोखरा सम्पर्क समाजले पोखरा स्थित सभागृह चोकमा आफ्नो स्थापना दिवसको अवरसमा २० औं बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रामप्रसाद पाण्डे (राजु) ले बताए ।
उक्त रक्तदान कार्यक्रममा ११४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कास्की शाखाको अध्यक्ष विमला भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
धादिङ-पोखरा सम्पर्क समाज, धादिङबाट पोखरा गई बसोबास गर्ने, विभिन्न पेशा व्यवसाय गर्नेहरुको साझा संस्था हो ।