
धादिङ असार २० । धादिङबाट पोखरा गई विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरुको साझा संस्था धादिङ–पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले रक्तदान कार्यक्रम शुभारम्भ गर्दै धादिङबाट पोखरामा आई बसेका धादिङेहरुले पोखराको विकासलाई महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।
सामाजिक सेवा भाव कै लागि समाजको परिकल्पना गरिएको र यसमा आवद्ध रहेका सदस्यहरुले उत्साहजन रुपमा सामाजिक काममा उपस्थिति जनाउने गरेको निवर्तमान अध्यक्ष युवराज खतिवडालेबताएका थिए ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार गोकर्ण लम्साल र लालप्रसाद पाठक, कार्यक्रम संयोजक रामप्रसाद दुवाडी, समाजका वरिष्ठ उपाध्यक्ष मोहन पण्डित सहभागि रहेको उक्त कार्यक्रमको संचालन महासचिव रामप्रसाद पाण्डे राजु र सचिव सरस्वती श्रेष्ठ सरुले गरेका थिए ।