
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा छैटौँ कुपा कप–२०८३ खुला नकआउट ७ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजना तथा कुपा प्रवासी समाजको सह–आयोजनामा हुने प्रतियोगिता असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ ।
विजयादशमीको अवसरमा कुपा खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विभिन्न स्थानका फुटबल टोलीबीच प्रतिस्पर्धा हुनेछ। खेल तालिकाअनुसार प्रतियोगितालाई ए पोल र बी पोलमा विभाजन गरिएको छ ।
ए पोलका टोलीहरू
- जोरचौतारा एफसी (Jorchautara FC)
- सक्रिय एफसी (Sakriya FC)
- कुपा वाइएस (Kupa YS)
- तामाइ वाइएस (Tamai YS)
- सेम्जोङ (Semjong)
- म्हेन्दोफोले ‘बी’ (Mhendophole B)
- ग्रीन हेभन वाइसी (Green Heaven YC)
- घोर्मु ‘ए’ (Ghormu A)
- रातमाटे एफसी (Ratmate FC)
- दाङसिङ (Dangsing)
- नागिनी थान एफसी (Nagini Than FC)
- दुप्चे–केउरा (Dupche Keura)
- जनजागरण–सिमले (Jan Jagaran Simle)
- एसबीए पात्ले ‘ए’ (SBA Patle A)
- भङ्गेरी ‘बी’ (Bhangeri B)
- टिकाढुम (Tikadhum)
बी पोलका टोलीहरू
- एसबीए पात्ले ‘बी’ (SBA Patle B)
- छोइलिङ एफसी–सेल्ले (Chhoilling FC Selle)
- म्हेन्दोफोले ‘ए’ (Mhendophole A)
- थार्पु एफसी (Tharpu FC)
- मारपाक पोखरी (Marpak Pokhari)
- परमाचेत (Permachet)
- सल्लाघारी एफसी–माने (Sallaghari FC Mane)
- खरबारी (Kharbari)
- बिहानी वाइसी (Bihani YC)
- अन्नपूर्ण–धुसेनी (Annapurna Dhuseni)
- काग्यु मोन्लम वाइसी (Kagyu Monlam YC)
- घोर्मु एफसी ‘बी’ (Ghormu FC B)
- भङ्गेरी ‘ए’ (Bhangeri A)
- कन्यास्थान (Kanyasthana)
- देविथान वाइसी–कट्टीके (Devithan YC Kattike)
- बागेश्वरी वाइसी (Bageshwori YC)
प्रतियोगिताको विजेताले एक लाख तीन हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीलाई सान्त्वनास्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही चार हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको फाईनलको दिन कार्तिक ८ गते कुपा मिनी म्याराथन –२०२६ हुनेछ । म्याराथनमा प्रथम हुने धावकले २४ हजार रुपैयाँ र द्वितीय हुनेले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम




















