धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टक बहादुर रुवाली चयन

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १०, २०८१

धादिङ । धादिङबाट अमेरिकागई बसोबास गर्दै आएकाहरुको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा टकबहादुर रुवाली चयन भएका छन् ।

अमेरिका स्थित Ridgewood Nepali Community Hall मा आईतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा त्रिपुरासुन्दरीका रुवाली चयन हुँदा वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल (सागर) अधिकारी, उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा राम मल्ल ठकुरी, सचिवमा निरज अमात्य, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह-कोषध्यक्षमा हरी गिरी चयन भए । यस्तै सदस्यहरुमा विक्रम अधिकारी, बुद्धिमान बज्रचार्य, देवेन्द्र गिरी, जनक गुरुङ, कुमार ढकाल, रविन विडारी, रामचन्द्र उप्रेती, सन्तोष लम्साल, सुदेष्ण अधिकारी, टेकमान गुरुङ, उत्तमराज अधिकारी, दिनेश नहर्की चयन भएका छन् ।

नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रमुखमा रामहरि अधिकारी र सदस्यद्वयमा दिवाकर पाण्डे र कुलप्रसाद गौली रहेका थिए । अधिवेशन भव्यरुपमा सम्पन्न भएको निवर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटीले धादिङपोष्टलाई बताए । धादिङमा सामाजिक क्षेत्रमा योगदान गर्दै आई रहेको यस समाजको आजिवन सदस्यत ९१ जना र साधारण सदस्यत ३९५ जना रहेपनि अमेरिकामा ३ हजारको हाराहारीमा धादिङ्गेहरु रहेको बताईन्छ ।

यस अघि प्रकाशित समाचार