धुनिबेसीले १६ वर्षपछि जित्याे जिल्ला लिग

Avatar photo
नारायण सिलवाल
मङ्लबार, चैत्र ६, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा आज सम्पन्न भएकाे दशाैं जिल्ला लिग धुनिबेसी युवा समाजले जितेकाे छ । २०६४ सालमा पहिलाे जिल्ला लिग जितेकाे यस क्लवले १६ वर्ष पछि याे दशाैं जिल्ला लिग जितेकाे हाे । दोस्रो, तेस्रो र नवौं जिल्ला लिगमा उपविजेता बनेकाे धुनिवेसीले यस पटक भद्रकाली सामुदायिक समाज मलेखुलाई २-१ काे गाेल अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हाे ।

जित सँग धुनीबेसीले एन्फा प्रदेश लिग खेल्न पाउने छ भने नगद १ लाख ५० हजार जितेकाे छ । यस अघि ३ वटा जिल्ला लिगमा च्याम्पियन बनेकाे भद्रकाली यस पटक उपविजेता बन्दै ७५ हजार र सान्तोना भएका ब्वाइज युननाईटेड र गलाैदी युवा समाजले २५–२५ हजार नगद हात पारे । यस्तै सर्वाधिक गोलकर्ता धुनीबेसीका जर्सी नम्बर ९ का प्रदिप डंगोल, उत्कृष्ट गोलकिपर धुनीबेसी कै जर्सी नम्बर १ का सक्सेस श्रेष्ठ, बेस्ट डिफेन्डरमा धुनीबेसी कै जर्सी नम्बर ५ सुवाष ए.सी बने, भने वेष्ट स्टाईकर भद्रकालीका तारा आले मगर घोषित भए उनीहरुलाई जनही नगद ५-५ हजार प्रदान गरिएको धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाले बताए ।

संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा एन्फा धादिङका अध्यक्ष रमेश अधिकारीकोे सभापतित्व तथा एन्फाका केन्द्रिय उपाध्यक्ष दिपक खतिवडा, धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य , थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, धुनिवेशीका उपमेयर सुरज उप्रेती, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । तस्वीरः राजाराम डंगोल

पहिलाे जिल्ला लिग विजेता धुनिबेसी टिम
राजाराम रेग्मी क्यापटेन, सन्ताेष रेग्मी, लक्ष्मण रेग्मी, दिनेश अाचार्य, विरसिंह तामाङ, राजन तामाङ, शंकर बस्नेत, विशाल जाेशी, हरिवंश अधिकारी, दिपक भुजेल, परशुराम थापा, कृष्ण भुजेल, सन्ताेष भुजेल, दिपक गिरी, जनक भुजेल, मदन भुजेल

दशाैं जिल्ला लिग विजेता धुनिबेसी टिम
सक्सेज श्रेष्ठ, सुवास अधिकारी, बादल तामाङ, शिशिर नगरकाेटी, निर्जल खरेल, बिबेक घलान क्याप्टेन, राजेश थापा, राहुल काफ्ले, प्रदिप डंगाेल, सुजल तामाङ (स्याउरी), सुरेन्द्र डंगाेल, टिम म्यानेजर जनक भुजेल, काेच हरि लामा

धुनिबेसीका सन्ताेषले फुटबलबाट सन्यास लिए
पहिलाे देखि दशाैं सम्म लगातार जिल्ला लिग खेल्ने धुनिबेसीकाका सन्ताेषले फुटबलबाट सन्यास लिएका छन् । धुनिबेसी टिमका लागि किपर, मिडफिल्डर, फरवार्डमा रहेर खेल्ने गरेका उनले सन्यास लिएकाे घाेषणा गरे सँगै धुनिवेसी युवा समाजले काेट लगाई दिएर सम्मान गरेकाे थियाे ।

दशाैं जिल्ला लिग खेलाका टिमहरु
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
पञ्चकन्या युवा क्लव, थाक्रे
ब्वाईज युनाईटेड, नीलकण्ठ

पोल ‘B’
विद्यार्थी उपकार संघ, नीलकण्ठ
धुनिबेसीका युवा क्लव, धुनीबेसी
गलौदी युवा क्लव, गजुरी
न्यू स्टार युवा क्लव, थाक्रे