हरि लामा फुटबल प्रशिक्षकमा नियुक्त

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले हरि लामालाई फुटबल प्रशिक्षकमा नियुक्त गरेको छ । नगर शिक्षा समितिको फागुनको निर्णय अनुसार उनी धुनीबेसीको फुटबल प्रशिक्षकमा नियुक्त भएका हुन् ।

काठमाडौं सँग जोडिएको धादिङको धुनीबेसी नगरपालिकामा रंगशाला निमार्ण जारी छ । उक्त रंगशालामा यतिबेला जिल्ला फुटबल लिग पनि चलिरहेको छ । रंगशाला निमार्ण सँगै फुटबललाई प्रथामिकतामा राखेर नगरपालिकाले फुटबल प्रशिक्षक नियुक्त गरेको हो नगरपालिकाका प्रवक्ता एवम् वडाअध्यक्ष रमेश आचार्यले धादिङपोष्टलाई बताए ।

को हुन हरि लामा
एएफसी सी लाइसेन्स प्राप्त
एएफसी बी लाइसेन्स एटीएम
एबीसी जीके कोच सानोगौचरन
जीएफए फुटबल एकेडेमी संचालक
कराते तेस्रो डान प्राप्त
पौडी खेल्ने फिना कोचिङ कोर्स सम्पन्न
पहिलो नेपाली रग्बी टिमका प्रशिक्षक
एन्फा कोच ग्रासरुट

धादिङको नवौं जिल्ला फुटबल लिगमा धुनीबेसी युवा समाजको कोच रहेका लामा यस पटकपनि उनी कोच रुपमा रहेका छन् । फाईनल जिताउने तयारीमा छौं गत सालको भन्दा धेरै मेहनत टिमले गरेका छ उनी बताउँछन् । उनको टिम यो दशौं लिग चलिरहँदा पोल बी को शिर्ष स्थानमा छ ।