आठौं एन्फा लिगको उपाधी धादिङ समाज धादिङलाई

Avatar photo
Dhadingpost
सोमवार, असार १६, २०७६

धादिङ असार १६ । धादिङबेसीमा जारी आठौं एन्फा लिगको उपाधि धादिङ समाज धादिङले चुमेको छ ।

सोमबार भएको आठौं एन्फा लिगको फाईनल खेलमा भद्रकाली सामुदायीक विकास समाज मलेखुलाई हराउँदै धादिङबेसी स्थित धादिङ समाज धादिङले उपाधी चुमेको हो ।

गोपीकृष्ण भण्डारीको कप्तानिमा रहेको धादिङ समाज धादिङलाई विजय गराउन जर्सी नम्बर १७ का विपिन कडेलले खेल सुरु भएको दुई मिनेटमै गरेको गोल नै अन्तिम गोल भएको थियो ।

गोल गरे सँगै घाईते भएका विपिन कडेल खेलबाट बाहिरिएका थिए । विजेता धादिङ समाज धादिङ र उपविजेता भद्रकाली सामुदायीक विकास समाजलाई क्रमस नगद ५० हजार र ३० हजार प्रदान गरियो ।

जिल्ला फुटबल संघ धादिङले आयोजनामा भएको धादिङको आठौं एन्फा लिग फुटबल समापन कार्यक्रमका प्रमुख अतिथि भिमप्रसाद ढुङ्गानाले पुरस्कृत टिमलाई नगद, शिल्ड मेडलले सम्मान गरेका थिए ।

जिल्ला च्याम्पियन धादिङ समाज धादिङ प्रदेश लिगका लागि छनौट भएको छ। यो सँगै प्रदेश लिग च्याम्पियनले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।

जिल्ला फुटबल संघ धादिङ धादिङका अध्यक्ष दिपक खतिवडाको सभापतित्व तथा उपाध्यक्ष रमेश अधिकारीको संचालनमा भएको समापन कार्यक्रममा महासचिव रामहरि थापाले स्वागत गरेका थिए ।

यस अघिका समाचारहरु
एन्फा लिगको फाईनल खेल डीएसडी र भद्रकाली बीच हुने
धादिङ एन्फा लिग जारी यी टिम पुगे सेमि फाईनल (खेल अपडेट)
आठौं एन्फा लिग (खेल अपडेट)
धादिङबेसीमा जारी एन्फा लिग खेल अपडेट
धादिङबेसीमा आठाैं एन्फा लिग जारी
धादिङबेसीमा आठौं एन्फा लिग सुरु, १४ टिमको सहभागिता
धादिङबेसीमा आठौं एन्फा लिग हुँदै (खेल टाईसिट समेत)