धादिङमा वाका कप चैत २२ देखि हुने पहिलो पुरस्कार २ लाख

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ३, २०८०

धादिङ । धादिङ जिल्लाको स्र्वाधिक पुस्कार राशी रहेको वाका कप यहि चैत २२ गते देखि सुरुहुने भएको छ । नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा हुने यस प्रतियोगिताको विजयी टिमले नगद २ लाख र उपविजेता टिमले नगद १ लाख जित्ने छन् ।

नेत्रावती डवजोङ गाउँपालिकाको सहयोगमा छार वाका राहा युवा क्लव सेमजोङले आयोजना गर्ने १४ औं वाका कप तथा दोश्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनल बैशाख १ गते नयाँ वर्षको दिन हुने फुटबल प्रशिक्षक दिपक तामाङले धादिङपोष्टलाई बताए ।

साबिक सेमजोङ १ गैराको वाका धादिङ र नुवाकोटको सिमानामा रहेको उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ यो ठाउँको प्रचार प्रसारका लागि छार वाका राहा युवा क्लब सेमजोङले विगत १३ वर्ष देखि यसै ठाउँमा खुल्ला अन्तर क्लव स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्दै आएको छ ।

१४ औं वाका कप तथा दोश्रो अध्यकह कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०८१ बारे आयोजकको जानकारी
प्रतियोगिता सुरु हुने दिन -वि.स २०८० चैत २२ गतेदेखि
प्रथम पुरस्कार: रु.२,००,००० ट्र्फी, प्रमाण-पत्र तथा मेडल
द्वितिय पुरस्कार: रु.१,००,००० प्रमाण-पत्र तथा मेडल
सेमीफाइनलीस्ट सन्त्वाना पुरस्कर: रु.२५,०००
उत्कृष्ट विधा तर्फ (उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोल रक्षक र प्लेयर अफ द टुर्नमेन्ट)
टीम दर्ता शुल्क : रु. १२,५००/-
डिपोजिट शुल्क : रु. ३ हजार/-
खेलाडी संख्या : ९+५ (एक्स्ट्र)
टिम म्यानेजर : १ जना
कोच : १ जना अनिवार्य
टिम दर्ताको अन्तिम मिति: वि.स २०८० चैत २० गतेसम्म
खेल राष्ट्रिय मान्यता प्राप्त एन्फा रेफ्रिबाट खेलाइनेछ । बाँकी नियम खेल सुरु हुने दिनमा मौखिक तथा लिखित रुपमा जानकारी गराइनेछ ।
Note: खेल अवधिमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
प्रतियोगिता समापन हुने मिति : २०८१ बैशाख १ गते हुनेछ र सोही दिन नया वर्ष बिशेष सास्कृतिक कार्यक्रम पनि हुनेछ।
स्थान : नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा वाका, धादिङ
Note: पुरस्कारमा सरकारी नियमानुसार कर काटिनेछ ।
टिम दर्ता तथा थप जानकारीको लागि: 9851109479, 9843820284