बेनीघाट रोराङको खेलकूद उत्सव सम्पन्न, बागेश्वरीले जित्यो रनिङ शिल्ड

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले भव्य समारोहका बीच पाचौं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर शहिद स्मृति खेलकूद प्रतियोगिता,चौथो मदन भण्डारी स्मृति फूटबल कप प्रतियोगिता तथा प्रथम अध्यक्ष कप क्रिकेट कप प्रतियोगिता समापन गरेको छ ।

पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षता र पालिकाका शिक्षा अधिकृत बोधराज पाठकको संचालनमा भएको उक्त भव्य समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले खेलकुदको विकास गर्ने हो भने विद्यालय खेलकूदलाई जोड दिन सक्नु पर्ने बताएका थिए । जव सम्म विद्यालय स्तरबाट खेलकूदको विकास हुँदैन तव सम्म देशले अन्तराष्ट्रिय रुपमा नतिजा निकाल्न कठिन हुने बताएका थिए ।

सम्पन्न प्रतियोगिताको आकर्षणहरु

कार्यक्रममा पालिकाका सबै खेलकूद शिक्षकहरुलाई कदरपत्र, २०७९को परिक्षामा उत्कृष्ट हुने विद्यालय, शिक्षक र विद्यार्थीहरु, खेलाडीहरु सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने पूर्व पालिका अध्यक्ष पित्तबहादु डल्लाकोटी, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।

यसअघि सम्पन्न बेनीघाट रोराङको चौंथो राष्ट्रपति रनिङ शिल्ड तथा सहिद स्मृति कप चन्द्रोदय मावि विशालटारले जितेको थियो उक्त प्रतियोगिताको थप जानकारी यो समाचार लिङ्क क्लिक गरेर लिन सकिन्छ ।