तेक्वान्दो खेलाडीलाई नगद सहित सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले गत भाद्र ८-९ मा भारतमा सम्पन्न प्रथम जलपाइगुरी खुला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा विजेता खेलाडीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा जस्विन थापा मगर, बेनीघाट रोराङ -३ मलेखु, रोशन मगर, बेनीघाट रोराङ -३ मलेखु, प्रशान्त तामाङ, बेनीघाट रोराङ -३ मलेखु, र तेक्वान्दो प्रशिक्षक धन बहादुर गुरुङ रहेका छन् । उनीहरुलाई जनही नगद १० हजार सहित सम्मान रिएको हो ।