धादिङमा माओवादी अभियान प्रति जन आकर्षण

Avatar photo
Dhadingpost
आइतवार, अशोज ७, २०८०

धादिङ । नेकपा (माओवादी केन्द्र) ले देशभर भदौ १६ गतेबाट सुरु गरेको तीन महिने ‘जनतासँग माओवादी: विशेष रूपान्तरण’  देशभर जारी छ । पार्टी सुदृढीकरणका लागि यो अभियान संचालन गरेको उनीहरुले बताउँदै आएका छन् ।

यो अभियान धादिङका १०४ वटै वडामा जारी रहेको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी बताउँ छन् । हामी जनताको घर दैलो पुगि रहेका छौं जनताको गुनासो सुन्ने, विकास निमार्णका कुरा र संगठनका निमार्णको कुरा पनि अभियान कै बीचमा गरि रहेका छौं उनले भने ।

त्यसो त माओवादी केन्द्रले सुरु गरेको यस अभियानका क्रममा भएका केहि गतिविधिहरु प्रति जनताको आकर्षण बढेको देखिन्छ । विचार र दर्शनका कुरा हामी बुझ्दैनौ हामीले काम हेर्ने हो । गाउँमा नेता तथा कार्यकर्ता आएर हामी हाम्रो आक्रोस र सुझाव सुन्दै हामी सँगै काम गर्दा खुसी लागेको सिद्धलेकका प्रेम थापा बताउँछन् ।

सिद्धलेकमा माओवादी कार्यकर्ताले अभियानको क्रममा खनालटार स्थित सामुदायिक भवन परिसर सरसफाई, कालिदहबाट झोलुङ्गे पुल झर्ने बाटो मर्मत सुधार, खेत गोड्न श्रमदान गरेका थिए । सिद्धलेकमा माओवादीको अभियान प्रति जन आकर्षण वढेको थापाले बताए । हामीले यस्तै पार्टी खोजेको हो । तीन महिनाको लागि हो भने मेरो भन्नु केहि छैन जनताको पार्टी बन्ने हो भने माओवादीले सँधै यो अभियान चलाउनु पर्ने नीलकण्ठमा अम्मर रिजाल बताउँछन् ।

देखाउनका लागि हैन । माओवादी नेता तथा कार्यकर्ता जनमुखी बन्नै पर्छ पार्टी सुदृढीकरणले सार्थकता पाउँछ । अभियानमा जे देखिएको छ जनताले रुचाएकै छ्न् तर यो अभियानका क्रममा मात्रै रहन नहुने रिजाल बताउँछन् ।

यो तीन महिने अभियानको अवधिमा धादिङका १ लाख मतदातालाई भेट्ने र १४ हजार पार्टी सदस्यमा १० हजार थपेर २४ हजार पुर्‍याउने लक्ष्य राखिएको छ । यो अभियान ३ महिने भनिए पनि निरन्तर जारी रहने जिल्ला सचिव दिपक लामिछाने बताउँछन् ।
नेताहरुको जिम्मेवारी परिवर्तन होला कार्य क्षेत्र हेरफेर होला तर जनताकोमा जाने यो अभियान निरन्तर रहने र पाटी अब नयाँ शिराबाट अगाडी बढ्ने सचिव लामिछानेले बताए ।

पार्टीको कमजोर भएको जनसम्बन्ध बलियो बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने आशा राखेका छौं । ‘जनतामा छाएको निराशालाई हटाउन हाम्रो अभियानले भूमिका खेल्छ।’ माओवादीले मात्रै समृद्ध नेपाल निर्माण गर्न सक्ने हुँदा जनताकोमा गएर जनसम्बन्ध बढाउँछौं संयोजक भण्डारीले बताए ।

भदौ १६ गते भएको अभियान उद्घाटन विगतका अभियान भन्दा पृथक थियो । अभियान प्रर्यटन प्रवर्धका लागि फुटबल, दौंड, पौडी र सहिद परिवार सम्मान गर्दै उद्घाटन भएको थियो । अभियान मंसिर १६ सम्म चल्ने बताईएको छ ।