सिद्धलेकका माओवादी कार्यकर्ता अभियानकाे क्रममा श्रमदान गर्दै

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २२, २०८०

धादिङ । सिद्धलेक १ का माओवादी केन्द्रका कार्यकर्ताहरुले तीन महिने ‘जनतासँग माओवादीः विशेष रूपान्तरण’ अभियानको क्रममा आज श्रमदान गरेका छन् ।

फरक शैलीका साथ अभियान संचालन गरिरहेकाे माओवादी केन्द्र धादिङले जिल्लाका १०४ वटै वडामा अभियान जारी राखेकाे छ ।

अभियानको क्रममा आज सिद्धलेक १ का वडाध्यक्ष पेमा तामाङ, माओवादी केन्द्रका घनश्याम भट्ट लगायतका अभियानमा सहभागीहरुले खिलबहादुर चिताैरेकाे खेत गाेडेका हुन् ।