धादिङ । तीन महिने ‘जनतासँग माओवादीः विशेष रूपान्तरण’ अभियानको क्रममा खनियाबास -४ मा माओवादी कार्यकर्ताहरुले धार्नामा पहिरो पन्छाई आवतजावत सहज बनाएका छन् । रुबिभ्याली गाउँपालिका खनियाबास १,२, ३, सिङगाङ, डुन्डुरे, केराबारी जाने मुख्य सडक खनियाबास-४ धार्नामा वार्षतका पहिरो जाँदा आवत जावतमा निकै कष्टकर थियो ।
अहिले सडकमा गाडी नगुडे पनि पैदल यात्रा त्यहीँ बाटो प्रयोग गर्दै जानुपर्छ। सो ठाउँमा पहिरो खसिरहने, ठुलो ठुलो ढुंगा झरीरहने समस्याले पैदलयात्रीहरु जोखिम मोलेर यात्रा गर्न वाध्य थिए माओवादी कार्यकर्ताले उक्त पहिरो पन्छाए सँग यात्रा सहज भएको छ ।
पहिलो हटाउन पनि सहज थिएन माथिबाट ढुङ्गा खसि रहन्थ्यो उच्च सतर्कता अपनाएर काम गरिएको माओवादी केन्द्र खनीयाबास ३ का अभियान संयोजक परेम तामाङले धादिङपोष्टलाई बताए ।
उक्त पहिरो पन्छाउन नेकपा माओवादी केन्द्र खनियाबासको ईन्चार्ज-सेक्केमान तामाङ, नेकपा माओवादी केन्द्र खनियाबास-३ अभियान संयोजक परेम बहादुर तामाङ, सहिद दोन्दुको सुपुत्र छिरिङ तामाङ लगायत माओवादी कार्याकर्ता र स्थानीयहरुमो सहभागी रहेको थियो ।