नीलकण्ठ क्याम्पसमा स्ववियुको मतदान सुरु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ८, २०७९

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस स्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरुभएको छ । यस क्याम्पसको स्ववियु सभापतिमा ३ जनाको प्रतिपर्धा रहेको छ ।

सभापतिमा नेवि संघका कविराज श्रेष्ठ, अखिल (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल र एमाले निकट अनेरास्ववियुबाट आमोस थापा तामाङ बीच प्रतिपर्धा हुने भएको छ । आमोस तामाङलाई राप्रपा निकट राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सघाउने बताईएको छ । १ हजार ०८० मतादाता रहेको यस क्याम्पसको चुनाव चैत ५ गते नै हुने गरि उम्मेदवारी मनोनयन गरिए पनि विद्यार्थीहरुकै सहमतिमा चुनावको मिति परिवर्तन गरि चैत ८ गतेलाई सारिएको थियो ।

धादिङमा अहिले सम्म ६ वटा क्याम्पसको स्ववियु चुनाव सकिँदा क्रान्तिकारीले ५ वटामा सभापति आफ्नो पक्षमा पार्न सफल भएको छ भने एमाले अनेरास्ववियुले १ वटा क्याम्पसमा जीत हासिल गरेको छ ।

अहिले सम्मको नतिजा
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार
सभापतिः अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी
समानुपातिक मत
एमाले अखिल २१
अखिल (क्रान्तिकारी): ९२
नेवि संघ ६१
२. जय बागेश्वरी क्याम्पस मलेखु
सभापतिः अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी
समानुपातिक मत
अनेरास्ववियु: ३३
अखिल (क्रान्तिकारी): ५०
नेवि संघ: १६
३. आदर्श बहुमुखी क्याम्पस गजुरी
सभापतिः अखिल (क्रान्तिकारी) का गणेश पाण्डे विजयी
समानुपातिक मत
एमाले अखिल: ५८
अखिल (क्रान्तिकारी): ६५
नेवि संघ: ३७
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी
सभापतिः अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे
सभापतिः अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना विजयी
६. नमुना बागेश्वरी गल्छी
सभापतिः अनेरास्ववियुबाट अन्दाज श्रेष्ठ विजयी