धादिङमा क्रान्तिकारीमय स्ववियु चुनाव ६ मध्य ५ मा जीत

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ५, २०७९

धादिङ । धादिङमा रहेका ९ वटा क्याम्पस मध्य ६ वटामा स्ववियु निर्वाचन सकिँदा ५ वटामा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले जित हात परेको छ भने एमाले अखिलले १ वटा जित निकालेको छ ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले कांग्रेस निकट नेवि संघ र एमालेको अनेरास्ववियु बीच चुनावी तालमेल हुँदा पनि बेनीघाट रोराङका दुई क्यम्पस चन्द्रोदय विशालटार, जय बागेश्वरी मलेखु र गजुरीको आदर्शमा एकल जित जिकाल्न सफल भयो भने आफ्नो जितका लागि क्रान्तिकारीले धुनीबेसीको मछिन्द्रमा एमाले अखिल सँग तालमेल गरेको थियो । यस्तै त्रिपुरासुन्दरीको नेत्रावती सामुदायीक क्याम्पसमा सबै संगठनहरुले भागबन्डा गरि सभापतिमा क्रान्तिकारीलाई जिताएका थिए ।नेवि संघ संगको तालमेलमा असफल देखिएको अनेरास्ववियुले गल्छीको नमुना बागेश्वरीमा एकीकृत समाजवादी निकट अनेरास्ववियू सँग तालमेल गरि जित्न सफिल बन्यो ।

नतिजा
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार
सभापतिः अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी
समानुपातिक मत
एमाले अखिल २१
अखिल (क्रान्तिकारी): ९२
नेवि संघ ६१
२. जय बागेश्वरी क्याम्पस मलेखु
सभापतिः अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी
समानुपातिक मत
अनेरास्ववियु: ३३
अखिल (क्रान्तिकारी): ५०
नेवि संघ: १६
३. आदर्श बहुमुखी क्याम्पस गजुरी
सभापतिः अखिल (क्रान्तिकारी) का गणेश पाण्डे विजयी
समानुपातिक मत
एमाले अखिल: ५८
अखिल (क्रान्तिकारी): ६५
नेवि संघ: ३७
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी
सभापतिः अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे
सभापतिः अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना विजयी
६. नमुना बागेश्वरी गल्छी
सभापतिः अनेरास्ववियुबाट अन्दाज श्रेष्ठ विजयी