धादिङ मंसिर १८ । नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ निवासी आफ्नै श्रीमती पुजा परियारलाई तातो तेल खन्याई गम्भीर घाईते बनाउने अस्विन परियारलाई अदालतदे पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
मंगलबार धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले २४ वर्षीय अश्विन परियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
- श्रीमानले तातो तेल खन्याईदिए पछि, पुजा परियार अस्पतालको बेडमा
- श्रीमतीलाई तातो तेल खन्याउने ज्यामरुङका अस्विन परियार पक्राउ
जिल्ला अदालतले पुजाकी सासु सीता परियार र र ससुरा सुजन परियारलाई भने जनही १ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।