धादिङ कार्तिक २७ । नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ निवासी पुजा परियारलाई आफ्नै श्रीमानले तातो तेल खन्याई दिए । उनलाई तत्काल जिल्ला अस्पताल ल्याई प्रारम्भिक उपचार गरि काठमाडौं पठाईयो विगत ८ दिन देखि पुजाको उपचार कीर्तिपुर मोडेल अस्पतालमा भै रहेको छ ।
ज्यामार्ने उद्धेश्यका साथ तातो तेल आफुलाई खन्याएको घाईते पुजाले बताए सँगै घटना कार्तिक १८ गते भए तातो तेल खन्याई दिने उनको श्रीमान अस्विन परियारलाई प्रहरीले कार्तिक २० गते मात्रै पक्राउ गरेको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएको र उपचारमा समस्या देखिए पछि अस्पताल र लायन्स क्लवले समेत उपचारमा सहयोग गरि रहेको पुजाको दाजु दाजु प्रकाश परियारले धादिङपोष्टलाई बताउनु भयो ।
पुजाको स्वास्थ्य अवस्था बारे बुझ्न अस्पताल पुग्नु भएका प्रदेश सांसद जगत सिंखडाले दोसीलाई कडा भन्दा कडा कानुनी कार्वाही गरिने र उपचारमा सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ ।