श्रीमतीलाई तातो तेल खन्याउने ज्यामरुङका अस्विन परियार पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २२, २०७७

धादिङ कार्तिक २२ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ निवासी अस्विन परियारले आफ्नै श्रीमतीलाई तातो तेल खन्याए । उनलाई प्रहरीले पक्राउ गरि सकेको छ भने श्रीमती २० वर्षीया पुजा परियार काठमाडौं स्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचारत हुनुहुन्छ ।

आफुलाई हातखुट्टा बाँझेर तातो तेल टाउकाबाट खन्याउनु भयो म डरले घोप्टो पर्दा आँखा सुरक्षित रहेको छ भने शरिरका अन्य भाग तेलले पोलको अवस्था रहेका घाईतेलाई उदृढ गर्दै दाजु प्रकाश परियारले धादिङपोष्टलाई बताउनु भयो ।

शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा २४ वर्षीय अस्विन परियारलाई प्रहरीले ०७७ कात्तिक २० गते पक्राउ गरेको हो । घाईते पुजा परियारको टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेकोलेको छ भने स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

आरोपित विरुद्ध प्रहरीले ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेको छ । घटना प्रकृति अनुसार मुद्दामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजायाँ गर्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।