त्रिपुरासुन्दरी मन्दिर, सल्यानकोट : घले राज्य र भण्डारीहरूको ऐतिहासिक सम्बन्ध
नेपालको एकीकरण अभियानको प्रारम्भिक कालको साक्षी स्थलका रूपमा चिनिने सल्यानकोट आज पनि ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण रहँदै आएको छ।यो पहाडी किल्ला एक समय घले राजाको शासनअन्तर्गतको सशक्त गढ थियो, जसको चारैतिर हिमाल, वनजंगल र नदीहरूले घेरेको भौगोलिक सुन्दरता छ। दक्षिणतर्फ बग्ने नेत्रावती, पश्चिममा बुढीगण्डकी, उत्तरमा कास्टे खोलाको बहाब, र पूर्वतर्फको हरियो डाँडाले यस क्षेत्रलाई स्वाभाविक सौन्दर्य प्रदान गर्छ। सल्यानकोट र घले राज्यको गौरवमय इतिहासइतिहासकारका अनुसार नेपाल एकीकरणअघि धादिङको...

