धादिङ । ‘क्यानोनिङ’ झरनामा खेलिने साहसिक खेल हो । पछिल्लो समय झरनाको पानी सँग रमाउनेहरुको संख्या बढ्दै गएको छ । राजधानी नजिक रहेको धादिङको बेनीघाट रोराङ स्थित चरौंदीमा रहेको छाँगेझरनामा ‘क्यानोनिङ’ गर्नेहरुको संख्या बढ्दै गएको विगत १५ वर्ष देखि क्यानोनिङको क्षेत्रमा लागेका स्थानीय पर्यटन व्यवसायी भीष्मराज थपलिया बताउँछन् ।
देश तथा विदेशमा क्यानोनिङको दक्ष प्रशिक्षकका रुपमा चिनिएका स्थानीय भीष्मराजले धादिङपोष्टलाई बताए अनुसार पालिका अध्यक्ष कृष्णबहादुर थपलिया शनिबार यस झरनामा ‘क्यानोनिङ’ गर्दै आन्तरिक तथा वाह्य पर्यटक ल्याउन पालिकाले विशेष योजना बनाउने प्रतिवद्धता समेत गरेका छन् । वडाको माग बमोजिम हामीले यस झरनालाई ‘क्यानोनिङ’ खेल मैत्री बनाउ पूर्वाधारका लागि बजेट विनियोजन गरिसकेका छौं । पर्यटन प्रवर्धनका लागि थप योजना पनि पालिकाले बनाउने प्रतिवद्धता गरेका थिए ।
क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हाम फाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो । यो खेलका लागि चरौंदी झरना उपयुक्त छ मात्रै प्रचार प्रससारको कमी रहेको उनी बताउँछन् । हामी स्थानीय टुरिजम सेक्टरका साथीहरुले विदेशी पर्यटकलाई त यस झरनामा ‘क्यानोनिङ’को लागि ल्याउने गरेका छौं । आन्तरिक पर्यटकहरुका लागि पनि यो उपयुक्त रहेको उनी बताउँछन् ।
चरौंदी बजारबाट १० मिनेटको पैदल दुरीमा रहेको यस झरनाको बारेमा आफ्नो अनुभव सुनाउँदै पालिका अध्यक्ष थपलियाले भने, क्यानोनिङ’ का लागि यो झरना उपयुक्त रहेछ । विज्ञहरु सँग पनि बुझे, स्थानीय पर्यटन सँग सम्बन्धीत व्यवसायीहरु सँग पनि छलफल गरें त्रिशुलीको किनार, राजमार्गको छेउमा रहेकोले यो झरनामा आन्तरिक तथा वाह्य पर्यटकहरु ल्याउन सकिन्छ त्यसका लागि प्रचार-प्रसार गरिने उनले बताए ।
चिप्लिने, हामफाल्ने, पौडिने र झर्ने जस्ता गतिविधि हुने खेल क्यानोनिङ हो । यस साहसिक खेलका लागि क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता लगायनका सामग्रीको प्रबन्ध स्थानीय व्यवसायीले गर्ने हुँदा यो दशैं विदामा कतै घुम्न जाने सोचमा हुनुहुन्छ भने चरौंदी झरनामा ‘क्यानोनिङ’ खेल्न आउन समेत अध्यक्ष थपलियाले आमन्त्रण गरेका छन् ।
चरौंदी स्थित छाँगे झरनामा क्यानोनिङ