महिलालाई पनि बलात्कार र बहुविवाहको मुद्दाः मुलुकी अपराध संहिता संशोधनको तयारी

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २८, २०८२

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसअघि पुरुषको हकमा मात्रै तोकिएको सजाय महिलालाई पनि बलात्कार र बहुविवाहको मुद्दा लाग्नेलगायत व्यवस्था राखेर मुलुकी अपराध संहिता संशोधनको तयारी गरेको छ ।

मन्त्रालयले मुलुकी अपराध (पहिलो संशोधन) संहिता, २०८२ तयार गरी सर्वसाधारणको रायसमेत मागेको छ । जसमा बलात्कारको व्यवस्था रहेको दफा २१९ लाई नै प्रतिस्थापन गर्ने प्रस्ताव छ । हाल बलात्कारको परिभाषामा ‘कुनै महिलालाई’ भन्ने व्यवस्था राखिएकोमा अब ‘कुनै व्यक्तिलाई’ भन्ने शब्द थपिएको छ । यसको अर्थ पुरुषमाथि बलात्कार गरेको अभियोग महिलामाथि पनि लाग्न सक्छ ।

कानुन मन्त्रालयले गरेको संशोधन प्रस्तावमा थप के–के छ ?

  • वैवाहिक बलात्कारको सजाय घटाइयो,
  • पाँच वर्ष कैदको व्यवस्था रहेकोमा तीन वर्ष कायम
  • पीडित र प्रतिवादी दुवै नाबालक भएमा र निजहरूबिचको उमेरअन्तर तीन वर्ष वा सोभन्दा कम भएमा सहमतिमै करणी भए पनि तीन वर्षसम्म सजाय
  • १६ वर्षदेखि २० वर्षसम्मकाले विवाह गरे अलग–अलग बस्नुपर्ने
  • महिलाको मञ्जुरीमा जुनसुकै वेला पनि गर्भपतन गर्न पाउने
  • बारम्बार पिछा गर्ने तथा हैरानी दिने कार्य (स्टकिङ) पनि अपराध