
धादिङ । गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट परिषद्को अध्यक्षमा नीलकण्ठ बालन्दिर माविका गणित शिक्षक उत्तम भट्ट चयन भएका छन् ।
आज धादिङबेसीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा प्रकाश भण्डारी, सहसचिवमा रमेश गुरुङ, कोषाध्यक्षमा अनुय कोइराला तथा सदस्यहरूमा चित्र गुरुङ, कृष्णनारायण श्रेष्ठ, राधिका सिंखडा, सोमनाथ पाठक, किरण गुरुङ र नारायण सुवेदी चयन भएका छन् ।
अध्यक्ष प्रयास रेग्मीको सभापतित्वमा भएको अधिवेशनमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष डा. रमेश अवस्थीको विशेष उपस्थितिमा सम्पन्न अधिवेशनमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष नारायणकुमार श्रेष्ठ, गणित शिक्षा परिषद् बागमती प्रदेशका सचिव रामहरी श्रेष्ठ, NELTA धादिङका अध्यक्ष दिपेन्द्र रिजाल, STAN धादिङ अध्यक्ष राजन श्रेष्ठ, संस्थापक अध्यक्ष राजकुमार थापा
पूर्व अध्यक्ष स्धुर्व अधिकारी, बद्रीप्रसाद कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
को हुन् नयाँ अध्यक्ष उत्तम भट्ट ?
नवनिर्वाचित अध्यक्ष उत्तम भट्ट लामो समयदेखि गणित शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका शिक्षक हुन् । उनले कक्षा १२ अध्ययन गर्दादेखि नै, १७ वर्षको उमेरमा ठूलोचौर माध्यमिक विद्यालयबाट शिक्षण यात्रा सुरु गरेका थिए ।
स्नातक अध्ययनका क्रममा उनले सुनौला चोवा विद्यालयमा अध्यापन गरे भने त्यसपछि ११ वर्षसम्म एडभान्स एकेडेमीमा गणित शिक्षकका रूपमा कार्यरत रहे । स्नातकोत्तर अध्ययनका लागि काठमाडौं रहँदा उनले अरुणोदय एकेडेमी र भगवान पाउ स्कुलमा समेत गणित अध्यापन गरेका थिए ।
भट्टले नीलकण्ठ–७ स्थित कणेश्वर माध्यमिक विद्यालयमा प्राविधिक धारका विद्यार्थीलाई तीन वर्ष अध्यापन गरेका थिए भने चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई तीन वर्षसम्म गणित विषय पढाएका थिए । हाल उनी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत छन् ।
उत्तम भट्ट गणित शिक्षा परिषद् धादिङको लगातार दुई कार्यकाल सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । विशेषगरी कोरोना महामारीको समयमा अनलाइन माध्यमबाट देशभरका १,५०० भन्दा बढी गणित शिक्षकलाई तालिम प्रदान गर्ने अभियानमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भट्ट हालै नीलकण्ठ नगरपालिकाबाट सम्मानित भएका थिए । उनले अध्यापन गरेको विषयमा विद्यार्थीहरूको उत्कृष्ट नतिजा हासिल भएको तथा ऐच्छिक गणित विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै नगरपालिकाले उनलाई सम्मान गरेको हो ।
शिक्षण र शैक्षिक गतिविधिसँगै भट्ट खेलकुद क्षेत्रमा पनि सक्रिय छन् । उनी जिल्ला भलिबल संघ धादिङका सदस्यसमेत हुन् । शिक्षा र खेलकुद दुवै क्षेत्रमा उनको सक्रियताले उनलाई जिल्लामा परिचित व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष भट्टले गणित शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको क्षमता विकास तथा विद्यार्थीहरूमा गणितप्रतिको रुचि बढाउन परिषद्लाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गणित शिक्षा परिषद धादिङको यसअघिका गतिविधिहरु
- गणित शिक्षा परिषद धादिङको अध्यक्षमा प्रयास रेग्मी
- ०८० को गणित गणित हाजिरीजवाफ
- गणित शिक्षा परिषदको केन्द्रीय सदस्यमा नवराज पाठक
- २०७९को एक दिने कार्यशाला
- ०७५को गणित गणित हाजिरीजवाफ
- गणित शिक्षा परिषद धादिङको अधिवेशन फागुन २८ गते हुने
- गणित शिक्षा परिषद धादिङद्वारा आयोजित देशभरका गणित शिक्षकहरुको अभिमुखिकरण सकियो
- गणित शिक्षा परिषद धादिङद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- गणित शिक्षा परिषद धादिङले जेष्ठ २६ गते अन्तरक्रिया गर्ने
- देशभरका गणित शिक्षकहरुका लागि अभिमुखिकरण जारी
- देशभरका गणित शिक्षकको अनलाईनबाट तालिम सुरु
- गणित शिक्षकका लागि अनलाईनबाट सशक्तिकरण तालिम
- धादिङमा गणित विषयको हाजिरीजवाफ फागुन १७ गते हुने
- गणित शिक्षकहरुको दुई दिने तालिम सुरु
- धादिङमा Geo Dynamic Software तालिम हुने
- गणित शिक्षकहरुले जेष्ठ ३२ गते अन्तरक्रिया गर्दै
- गणित हाजिरी जवाफमा धादिङ बोर्डिङ प्रथम
- धादिङमा गणित विषयको हाजिरीजवाफ प्रतियोगिता हुने
- धादिङमा गणित शिक्षकहरुको अन्तरक्रिया सम्पन्न
- स्थायी भएर के गर्नु हुन्छ ? तपाईंको विद्यार्थी रित्तिदै छन् -आचार्य
- गणित शिक्षक परिषदको जिल्ला भेला सकियो
