गणित शिक्षा परिषद धादिङद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १७, २०७६

धादिङ फागुन १७ । गणित शिक्षा परिषद धादिङले जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरिय गणित विषयको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

जिल्लाका २२ वटा माध्यामिक विद्यालयहरुले माग लिएको उक्त प्रतियोगितामा धादिङबेसी स्थित धादिङ बोर्डिङ प्रथम, नीलकण्ठ मावि द्वितिय, एड्भान्स एकेडेमी तृतिय, बागेश्वरी माध्यमिक विद्यालय मलेखु र द राइजिङ भिलेज स्कूल गल्छी सान्त्वना भएका थिए ।

विजेता टिमलाई क्रमशः नगद रु. ६ हजार, ४ हजार ५ सय, ३ हजार, १ हजारका साथै मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

परिषदले कार्यक्रममा ४८ वर्षसम्म गणित अध्यापन गरेका कृष्ण प्रसाद दाहाललाई सम्मान गरेको थियो भने गणित शिक्षा परिषद केन्द्रीय सदस्य ध्रुव अधिकारी, प्रदेश सचिव रामहरि श्रेष्ठ र प्रदेश सदस्य हरि बहादुर सिलवाललाई बधाई सहित सम्मान गरिएको थियो ।

परिषदका अध्यक्ष बद्रिप्रसाद कोइरालाको सभापतित्व र सचिव उत्तम भट्टको संचालनमा भएको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखाका उपसचिव लक्ष्मण प्रसाद बस्याल, गणित शिक्षा परिषदका केन्द्रीय सदस्य ध्रुव अधिकारी, वागमती प्रदेशका सचिव रामहरि श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।