
धादिङ । धादिङमा रहेका गणित विषयका शिक्षकहरुको साझा संस्था गणित शिक्षा परिषदको जिल्ला अधिवेशन तथा साधारण सभा फागुन २८ गते हुने भएको छ ।
नयाँ कार्य समिति चयनका लागि हुने यस अधिवेशन २८ गते नीलकण्ठ माध्यामिक विद्यालयमा हुने सचिव भट्टले धादिङपोष्टलाई बताए ।
गणित शिक्षालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गर्दै आएको चलायमान यस परिषदको अभिवेशनमा जिल्लाभरका गणित शिक्षकहरुको यपस्थिति रहने बताईएको छ ।
