धादिङ । गणित शिक्षा परिषद धादिङको जिल्ला भेला सम्पन्न भएको छ । गणित शिक्षालाई अधुनिक र सुत्रबद्ध गर्न टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना गरिएको परिषदको भेला शुक्रबार धादिङबेसीमा सम्पन्न भएको हो ।
जिल्ला भेलाले नीलकण्ट उमाविका गणित शिक्षक बद्री कोइरालाको अध्यक्षतामा समिति गठन गरेको छ । यस अघिका कार्यसमितिमा निजी क्षेत्रका विद्यलायहरुमा अध्यापन गराउने गणित शिक्षकहरुलाई कमै देख्न सकिन्थ्यो तर यो पटकको जिल्ला भेलाबाट उपाध्यक्ष र सचिव पदमा निजी क्षेत्रमा अध्यापन गराउने गणित शिक्षकहरु निर्वाचित भएका छन् ।
उपाध्यक्षमा न्यू किबो बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मी र एड्भान्स एकेडेमीका गणित शिक्षक उत्तम भट्ट निर्वाचित भए ।
निजी क्षेत्रका विद्यलायहरुका गणित शिक्षकहरुलाई समितिमा निर्विरोध निर्वाचित गरिनु खुसीको पक्ष रहेको भन्दै प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले गणित शिक्षणलाई विशिष्टिकरण गर्दै गुणस्तरीय बनाउन थप टेवा पुगेको बताउनु भयो ।