सञ्जय देवकोटा
धादिङ फागुन १९ । जिल्ला स्तरीय गणित हाजिरी जवाफ प्रतियोगितामा धादिङबेसी स्थित धादिङ बोर्डिङ माध्यमिक विद्यालय प्रथम भएको छ ।
गणित शिक्षा परिषद धादिङले आयोजना गरेको जिल्ला स्तरीय गणित हाजिरी जवाफ प्रतियोगितामा १९ वटा विद्यालयलाई पछि पार्दै धादिङ बोर्डिङ जिल्ला प्रथम भएको हो ।
जिल्लाको सदरमुकाम धादिङबेसीमा आज आयोजित गणित हाजिरी जवाफ प्रतियोगितामा माध्यमिक तहमा अध्ययनरत २० वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्याब्सन, एन प्याब्सन धादिङ र त्रिपुरा पुस्तक पसलको सहयोगमा आयोजित गणित हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन सत्रमा गणित शिक्षा परिषद धादिङका अध्यक्ष वद्रि प्रसाद कोइरालको सभापतित्व र सचिव उत्तम भट्टको संचालन रहको थियो ।
लेखक रमेश प्रसाद वस्तीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धादिङ बोर्डिङ माध्यमिक विद्यालय प्रथम, न्यु किबो बोर्डिङ द्धितीय, सुनगाभा एकेडेमी तृतीय र द राइजिङ भिलेज एकेडेमी सान्त्वना भएका थिए ।
विजयी विद्यार्थीहरुलाई नगद क्रमशः प्रथमलाई रु ५ हजार, द्धितीयलाई रु ३ हजार तृतीयलाई रु २ हजार सान्त्वनालाई रु १ हजारका साथै प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।