
धादिङ जेष्ठ २२ । गणित शिक्षा परिषद धादिङले देशभरका माध्यामिक तहमा गणित विषय अध्यापन गराउने शिक्षकहरुका लागि सुरु गरेको प्रविधिमा आधारित विद्यार्थी मैत्री र शिक्षक मैत्री अभिमुखिकरण कार्यक्रम जारी छ ।
जेष्ठ १६ गतेबाट बिहान ७ः३० बजे देखि ९ बजे ZOOM APP बाट अनलाईन भिडियो मार्फत सुरु गरेको तलिमामा उत्साहजनक रुपमा शिक्षकहरुले भाग लिएको गणित शिक्षा परिषद धादिङ सचिव उत्तम भट्टले बताए ।
धादिङका अध्यक्ष बद्री प्रसाद कोइरालाको अध्यक्षतामा संचालित उक्त अभिमुखिकरण कार्यक्रमको सहजिकरण दयामान श्रेष्ठले गरि रहेका छन् ।
विभिन्न जिल्लाका ४२७ जना गणित विषयका शिक्षकहरु सहभागि यस अभिमुखिकरणमा हरेक दिन एक जना शिक्षा क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिको उत्पेरक विचार समेत राख्ने गरिएको सचिव भट्टले धादिङपोष्टलाई बताए ।
यसैक्रममा आज विहिबार बिहानको कार्यक्रममा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले गणित शिक्षकहलाई उत्पेरणा मिल्ने विचार राखेका थिए । सो कार्यक्रमको व्यवस्थापन गणित विषयका लेखक डी. आर.सिंखडाले गरेका हुन् ।