
धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।
परिषद्का अनुसार अधिवेशन नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिनेछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको परिषद्का सचिव उत्तम भट्टले जानकारी दिए ।
उक्त कार्यक्रममा जिल्लाभरका गणित विषयका शिक्षक, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । अधिवेशनमा परिषद्को वार्षिक गतिविधि, आगामी कार्ययोजना तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल गरिने बताइएको छ।
गणित शिक्षा परिषद् धादिङले स्थापना कालदेखि नै गणित शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूलाई लक्षित कार्यशाला, प्रशिक्षण तथा विद्यार्थीहरूका लागि गणित हाजिरीजवाफ प्रतियोगितालगायत विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परिषद्ले जिल्लामा गणित विषयप्रति विद्यार्थीको रुचि बढाउन तथा शिक्षकहरूको पेशागत क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
गणित शिक्षा परिषद धादिङको यसअघिका गतिविधिहरु
- गणित शिक्षा परिषद धादिङको अध्यक्षमा प्रयास रेग्मी
- ०८०को गणित गणित हाजिरीजवाफ
- गणित शिक्षा परिषदको केन्द्रीय सदस्यमा नवराज पाठक
- २०७९को एक दिने कार्यशाला
- ०७५को गणित गणित हाजिरीजवाफ
- गणित शिक्षा परिषद धादिङको अधिवेशन फागुन २८ गते हुने
- गणित शिक्षा परिषद धादिङद्वारा आयोजित देशभरका गणित शिक्षकहरुको अभिमुखिकरण सकियो
- गणित शिक्षा परिषद धादिङद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- गणित शिक्षा परिषद धादिङले जेष्ठ २६ गते अन्तरक्रिया गर्ने
- देशभरका गणित शिक्षकहरुका लागि अभिमुखिकरण जारी
- देशभरका गणित शिक्षकको अनलाईनबाट तालिम सुरु
- गणित शिक्षकका लागि अनलाईनबाट सशक्तिकरण तालिम
- धादिङमा गणित विषयको हाजिरीजवाफ फागुन १७ गते हुने
- गणित शिक्षकहरुको दुई दिने तालिम सुरु
- धादिङमा Geo Dynamic Software तालिम हुने
- गणित शिक्षकहरुले जेष्ठ ३२ गते अन्तरक्रिया गर्दै
- गणित हाजिरी जवाफमा धादिङ बोर्डिङ प्रथम
- धादिङमा गणित विषयको हाजिरीजवाफ प्रतियोगिता हुने
- धादिङमा गणित शिक्षकहरुको अन्तरक्रिया सम्पन्न
- स्थायी भएर के गर्नु हुन्छ ? तपाईंको विद्यार्थी रित्तिदै छन् -आचार्य
- गणित शिक्षक परिषदको जिल्ला भेला सकियो
