धादिङ जिल्ला भलिबल संघको अधिवेशन असोज ३ गते हुने

Avatar photo
Dhadingpost
भदौ २०, २०८३

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ ।

नेपाल भलिबल संघको गोदावरीमा सम्पन्न १४औँ पूर्ण बैठकले देशभरका ७७ वटै जिल्ला भलिबल संघलाई असोज ५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै धादिङ जिल्ला भलिबल संघले असोज ३ गते अधिवेशन गर्ने मिति तय गरेको हो ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठद्वारा जारी निर्देशनसम्बन्धी पत्रमा आगामी केन्द्रीय अधिवेशनलाई समेत लक्षित गरी राष्ट्रिय खेलकुद विकास ऐन, २०७७, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ तथा भलिबलको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय FIVB का नीति–नियमअनुसार प्रदेश तथा जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएको छ ।

धादिङ जिल्ला भलिबल संघका अध्यक्ष तिलक गुरुङ (अमृत) का अनुसार ‘जिल्लाको भलिबल समृद्धि, एकता र विकासको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अधिवेशन नीलकण्ठ नगरपालिका–३, धादिङबेँसी, धादिङमा सञ्चालन हुनेछ ।

यस अघि २०७९ असार ५ गते पाँचौं साधरणसभाबाट अध्यक्षमा सिद्धलेक गाउँपालिका २ का अमृत गुरुङ चयन भएका थिए ।