
धादिङ । गणित शिक्षा परिषद् धादिङले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि माध्यमिक तह कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच अन्तरविद्यालय गणित विषयको हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
परिषद्का अनुसार प्रतियोगिता २०८२ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिनेछ। प्रतियोगितामा जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
गणित विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने, तार्किक क्षमता विकास गर्ने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम सबैको साझा कार्यक्रम भएकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सहभागिताका लागि आवश्यक तयारी गर्न परिषद्ले आग्रह गरेको छ।
०७५ र ०७६ मा धादिङ बोर्डिङ प्रथम, ०८०मा नीलकण्ठ मावि प्रथम भएकाे थियाे गत वर्ष प्रााविधिक कारणले गर्न सकेनाै अब हरेक वर्ष नियमित रुपमा गणित हाजिरी जवाफ प्रतियाेगिता गरिने अध्यक्ष प्रयास रेग्मीले बताए ।

