गणित हाजिरीजवाफमा नीलकण्ठ मा.वि. प्रथम

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १९, २०८०

धादिङ । गणित शिक्षा परिषद धादिङले चार वर्ष पछि फेरि आज आयोजना गरेको जिल्ला स्तरीय गणित विषयको हाजिरीजवाफ प्रतियोगितामा नीलण्ठ माविले जित हासिल गरेको छ । १९ वटा विद्यालयहरुले सहभागीता जनाएको यस प्रतियोगितामा नीलकण्ठ माविको जितका लागि कृति श्रेष्ठ, दिपशन छत्कुली र इशान थापा १३५ अंक ल्याउँदै प्रथम भएका हुन् ।

प्रतियोगितामा न्यू किबो बोर्डिङ स्कुल १३० अंकका साथ द्वतिय र चिल्ड्रेन पार्क आवासशिय मावि ११५ अंकका साथ तृतिय भएका थिए । विजेता प्रथमलाई ४५००, द्वितियलाई ३००० र तृतियलाई १५०० नगद सहित शिल्ड मेडल र शैक्षिक सामाग्री प्रदान गरिएको परिषदका जिल्ला सचिव उत्तम भट्टले जानकारी दिए ।