
धादिङ । धादिङ जिल्लामा २ वर्ष लेखा अधिकृतको जिम्मेवारीमा रहेर काम गरेका गोकर्णराज सुयल यतिबेला लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् ।
धादिङको जिल्ला विकास समितिमा २०७४ असोज देखि २०७५ अषाढ सम्म लेखा अधिकृत रहँदा जिल्ला विकास समितिको बेरूजु फछ्यौट गरेर सुयलले प्रशंसा बटुलेका थिए । उनले धादिङमा सुत्र प्रणालीको पाईलटिङ र योजना तथा अनलाईन राजस्व प्रणाली सुरूवात समेत गरेका थिए ।
यस्तै सुयलले धादिङको धुनीबेसी नगपालिकामा २०७५ श्रावण देखि २०७६ श्रावणसम्म लेखा अधिकृतको रुपमा काम गरे । धुनीबेसीमा समेत उनले संस्थागत रूपमा आर्थिक प्रणालीको विधिसम्मत सुरूवात गरे जुन अहिले सम्म पनि निरन्तर छ ।
यस अघि धादिङपोष्टमा प्रकाशित सुयलको लेख
- उपभोक्ता समितिबाट हुने विकासका अवस्था एवं चुनौतीहरु
- निजामती सेवामा कार्यसम्पादन मूल्यांकनको अवस्था
- गोरेको मनोविज्ञान र कृषि क्रान्ति
- सामुदायिक कृषि कर्मको चुनौती र स्थानीय सरकारको भूमिका
यतिबेला उनी लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । त्यहाँपनि उनले जनप्रतिनीधिहरुलाई उदाहरणिय कार्यमा संस्थागत रुपमा अतुललिय भुमिका निभाई रहेका छन् । सुयलले कृषकहरूलाई आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराएका छन् ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान काठमाडौँ दुग्ध वितरण आयोजना अन्तर्गत राइनास ५ को तीनपिप्लेमा रहेको राइनास दूध चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न किसानलाई समस्या भएपछि आफूले प्रयोग गर्दै आएको गाडी दूध ढुवानी गर्न दिएका छन् ।
पशुपालनमा किसानको आकर्षण बढाउने, दूध उत्पादनका साथै बजारीकरण गरी किसानको आयस्तर बढाउने नगरपालिकाको उद्देश्य रहेको र त्यहीअनुसार विभिन्न सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताए ।
कार्यपालिकाको बैठकबाट नै किसानहरूका लागी दुध ढुवानी गर्न गाडी खरिद गर्ने निर्णय भएपनि विविध कारणले राकीएको भन्दै अधिकृत सुयलले केही छिट्टै गाडी ल्याउने तयारी भइरहेको छ नगरपालिकाले किसानको हौसलाका लागी उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उनले बताए ।
