धादिङ अस्ट्रेलिया समाजद्वारा बाढीपीडितलाई झण्डै ४ लाख सहयोग

Avatar photo
Dhadingpost
भदौ २०, २०८३

धादिङ । धादिङ अस्ट्रेलिया समाजले बाढीपीडितका लागि २ हजार ६ सय २३ अमेरिकी डलर (करिब ३ लाख ९६ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ । समाजले उक्त रकम अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत सञ्चालन भइरहेको राहत कोषमा सहयोग गरेको हो ।

हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले धादिङ अस्ट्रेलिया समाजले आफ्ना सदस्य तथा सहयोगीहरूबाट रकम संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत सहयोग उपलब्ध गराएको जनाएको छ ।

धादिङ अस्ट्रेलिया समाजमा आबद्ध १२ जना समाजसेवी तथा दाताहरूबाट कुल २ हजार ६ सय २३ अमेरिकी डलर संकलन भएको हो ।

सहयोगदातामध्ये अस्ट्रेलिया बस्दै आएका सबिन थपालिया र बिनोद उप्रेती अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष हुन् भने पारस भण्डारी र दिवाकर दाहाल समाजका सदस्य रहेका छन् ।

सहयोगदाताहरूको विवरण

  • गणेशभक्त श्रेष्ठ — $४००
  • पारस भण्डारी — $४३२
  • सबिन थपालिया — $३५५
  • अर्जुन केसी — $३००
  • कल्याण विक्रम कार्की — $३००
  • बिनोद उप्रेती — $२३५
  • हरि के. अधिकारी — $१५०
  • दिवाकर दाहाल — $१००
  • कुमार पाण्डे — $१००
  • सन्तोष पाण्डे (रेफ. कल्याण) — $१००
  • सुशान्त कोइराला (रेफ. कल्याण) — $१००
  • सनिता त्रिपाठी — $५१

कुल सङ्कलित रकम : $२,६२३

प्रवासमा रहेर पनि जन्मभूमिमा परेको विपद्का बेला सहयोगको हात बढाउने सम्पूर्ण दाताहरूप्रति अन्तर्राष्ट्रिय धादिङ समाज र धादिङ अस्ट्रेलिया समाजले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

संकलित रकम बाढीबाट प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उपयोग गरिने बताइएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजले सञ्चालन गरेको राहत कोषमा अमूल्य आर्थिक सहयोग गरेकोमा धादिङ अस्ट्रेलिया समाज तथा सहयोगी सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गरेको छ । प्रवासमा रहेका धादिङवासी तथा शुभेच्छुकहरूको यस्तो सहयोगले विपद्को समयमा पीडितलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने समाजले जनाएको छ ।