धादिङ समाज जापानद्वारा बाढीपीडितलाई १० लाख ५० हजार येन सहयोग

Avatar photo
Dhadingpost
भदौ २१, २०८३

धादिङ । धादिङ समाज जापानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि १० लाख ५० हजार जापानी येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

समाजका अनुसार उक्त रकम दुई पटक गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो । टोकियोस्थित एफजे पे (FJ Pay) शिनओकुबो कार्यालयमार्फत रकम पठाइएको समाजले जनाएको छ ।

विपद् प्रभावितहरूको सहयोगका लागि पठाइएको उक्त रकममा एफजे पेले कुनै पनि सेवाशुल्क नलिई निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध गराएको समाजले जनाएको छ ।

रकम पठाउन धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विजय सडौला, उपाध्यक्ष इश्वरी अर्याल, महासचिव सुशान्त बानियाँ, कार्यसमिति सदस्य देवकी पण्डितलगायत संस्थाका पदाधिकारी एफजे पेको शिनओकुबो कार्यालय पुगेका थिए ।

५२ जना तथा संस्थाको योगदान

बाढीपीडितका लागि संकलन गरिएको सहयोगमा धादिङ समाज जापानसहित जापानमा रहेका विभिन्न व्यक्तिहरूले योगदान गरेका छन् । समाजले सार्वजनिक गरेको विवरणअनुसार सहयोग गर्नेहरूको नाम र रकम यसप्रकार छ :

१. धादिङ समाज जापान — ५,००,५४७ येन
२. नबिन राना मगर — १०,००० येन
३. बिमल श्रेष्ठ — १०,००० येन
४. रबिन शर्मा — ५,५५५ येन
५. विजय सडौला — १०,००० येन
६. राजकुमार बानियाँ — १०,००० येन
७. सुशान्त बानियाँ — १०,००० येन
८. राजकुमार अधिकारी — १०,००० येन
९. सरोज गिरी — १०,००० येन
१०. अजय न्यौपाने — १०,००० येन
११. समुन्द्र सडौला — १०,००० येन
१२. दिपक विष्ट — १०,००० येन
१३. राम बहादुर बिषुन्के — ११,१११ येन
१४. माधव ढकाल — १०,००० येन
१५. इश्वरी अर्याल — १०,००० येन
१६. श्याम शीतल — १०,००० येन
१७. लोकेन्द्र भण्डारी — ५,००० येन
१८. प्रविन नेपाल — १०,००० येन
१९. दिनेश गडेल — ५,००५ येन
२०. प्रल्हाद अधिकारी — १०,००० येन
२१. बिनोद ढंगोल — १०,००० येन
२२. देविका पण्डित — ५,५०० येन
२३. कृष्ण सिम्खडा — १,००,००० येन
२४. कृष्ण खनाल — १५,००० येन
२५. रबिन्द्र बानियाँ — १५,००० येन
२६. निरज पण्डित — ५,००० येन
२७. बद्रि पौडेल — ५,००० येन
२८. राजन गौतम — १०,००० येन
२९. राजन बराइली — ५,००० येन
३०. दिनेश लोहनी — २०,००० येन
३१. प्रदिप जंग शाह — १०,००० येन
३२. हरिलाल श्रेष्ठ — १०,००० येन
३३. सन्तोष धिताल (ओसाका) — ५,००० येन
३४. गणेश अधिकारी — १०,००० येन
३५. उपेन्द्र पण्डित — ५,००० येन
३६. मंगल सुनार — ५,१११ येन
३७. रामहरि पुडाशैनी — २५,००० येन
३८. बाबुकाजी भण्डारी — १०,००० येन
३९. सुनिल जमरकट्टेल — ५,००० येन
४०. सन्तोष भुजेल — ११,१११ येन
४१. बिष्णु कुमार श्रेष्ठ — ५,००० येन
४२. सिल सोभा रन्जित — ५,००० येन
४३. राजेश पण्डित — ५,००० येन
४४. सन्तोष तिवारी — १०,००० येन
४५. उत्तम ढकाल — १०,००० येन
४६. बिष्णु बहादुर श्रेष्ठ — १०,००० येन
४७. अनुप कँडेल — ५,००० येन
४८. श्रेष्ठ कुल नारायण — ५,००० येन
४९. राजकुमार गुरुङ — ५,५५५ येन
५०. राजेन्द्र कार्की — ५,००० येन
५१. दुर्गा प्रसाद आचार्य — १५,००० येन
५२. बिसाल भण्डारी — ५,५०५ येन

धादिङ समाज जापानले यसअघि पनि विपद्का समयमा सहयोग गर्दै आएको छ। भूकम्प तथा कोरोना महामारीका समयमा समेत समाजले उल्लेखनीय सहयोग गरेको थियो । यसका अतिरिक्त जिल्लाको स्वास्थ्य, शिक्षा तथा विकास निर्माणका क्षेत्रमा समेत समाजले सहयोग गर्दै आएको जनाएको छ । विपद्का बेला मात्रै नभई जिल्लाको सामाजिक विकासमा समेत निरन्तर योगदान गर्दै आएको समाजले यसपटक भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको हो ।