झापा सँग धादिङ पराजित, राष्ट्रिय लिग खेल्ने सपना अधुरै

Avatar photo
Dhadingpost
चैत्र १३, २०७७

धादिङ चैत्र १३ । धादिङको फुटबल इतिहासलाई हेर्ने हो भने एन्फा प्रसिडेन्ट लिग सम्म पुग्नु नै धादिङका लागि ठुलो ऐतिहासिक उपलब्ध मान्नु पर्छ । राम्रो खेल मैदान समेत नभएको धादिङ जिल्लाको धादिङ समाज धादिङ, एन्फा जिल्ला लिग हुँदै बागमती प्रदेश विजेता बन्दै एन्फा प्रेसिडेन्ट लिग ०७७ मा शिर्ष ४ भित्र पर्न नसक्दा राष्ट्रिय लिग खेल्ने सपना भने अधुरै रहेको छ ।

नेपालगंजमा जारी प्रसिडेन्ट लिग ०७७ मा शुक्रबार बागमती प्रदेश विजेता धादिङको धादिङ समाज धादिङ प्रदेश नम्बर १ को विजेता झापाको सैनिक फुटबल क्लव सँग २ गोलले पराजित भए सँगै राष्ट्रिय लिग खेल्ने सपना अधुरै बनेको हो । सैनिक फुटबल क्लव झापाले भने धादिङलाई पराजित गर्दै शिर्ष ४ मा उक्लँदैं राष्ट्रिय लिगको यात्रा तय गरेको छ ।

आज सम्मको अंक

  • स्टार सिटी युवा क्लव कैलाली, अंक-१३ (अब १ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर ४ को त्रिवेणी युवा क्लव लमजुङ, अंक – ९ (अब १ खेल खेल्न बाँकीं)
  • लुम्बीनी प्रदेशको धम्बोझी स्पोर्ट बाँके, अंक- ९ (अब १ खेल खेल्न बाँकी)
  • बागमती प्रदेश धादिङ समाज धादिङ, अंक -७
  • प्रदेश नम्बर १ को सैनिक फुटबल क्लव झापा, अंक – ७ ( अब १ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर ६ को लेकाली युवा क्लव जुम्ला, अंक-१ (अब १ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर २ को मनकामना युवा क्लव रौतहट, अंक-४ (अब १ खेल खेल्न बाँकी)

चैतको १५ गते सम्म चल्ने यस प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा भएको यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

यस अघिका सामाचार