
धादिङ चैत्र ३ गते । बागमती प्रदेश विजेता बन्दै अन्तर प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट लिग खेलेको धादिङले जुम्लालाई फराकिलो गोल अन्तरले हराएको छ ।
नेपालगंज रंगशालामा सोमबारबाट सुरुभएको प्रेसिडेन्ट लिगको दोस्रो दिनको पहिलो खेलमा सेतो जर्सीमा खेलेको धादिङले जुम्लालाई ९-१ को गोल अन्तरले हराएको हो ।
धादिङको जितका लागि जर्सी नम्बर ७ का अमिर श्रेष्ठले ह्याट्रिक पुरा गर्दै व्यक्तिगत ४ गोल गरेका थिए भने जर्सी नम्बर २२ का शिरिषले ३ गोल, जर्सी नम्बर १७ का विपिन कडेलले १ गोल र रुपेश केसीले १ गोल गरि ९ गोल गरेका थिए ।
धादिङ विरुद्ध मैदानमा उत्रेको जुम्ला भने १ गोलमा सिमित हुन पुग्यो जुम्लाकाे लागि संगम शाहीले गाेल गरेका थिए । पहिलो पटक प्रेसिडेन्ट लिगमा सहभागि धादिङले ९ गोल गर्दै जुम्ला विरुद्ध विजेता बनेसँगै धादिङका लागि ४ गोल गर्ने खेलाडी अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजारले सम्मानित भए ।

- बागमती प्रदेशबाट प्रेसिडेन्ट खेल्ने खेलाडीलाई भिम ढुङ्गानाले २ लाख र दिपक खतिवडाले १ लाख सहयोग गर्नेे घोषणा
- धादिङ चैत्र ३ गते जुम्ला सँग भिड्दै (खेल तालिका समेत)
- धादिङ, प्रदेश च्याम्पियन बन्दै, नगद ५ लाख जित्यो
- धादिङ समाज धादिङको प्रदेश लिग च्याम्पियन यात्रा (यस्तो थियो)
लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा आज पहिलो खेल धादिङले लेकाली युवा क्लव जुम्ला खेल्यो भने, दोस्रो खेल चैत्र ५ गते त्रिवेणी युवा क्लव लम्जुङ सँग खेल्ने छ । यस्तै धादिङले तेस्रो खेल चैत्र ७ गते मनकामना युवा क्लव रौतहट सँग, चैत्र ९ गते स्टार सिटी क्लव कैलाली सँग, चैत्र ११ गते धम्बोझी स्पोर्ट क्लव बाँके सँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापा सँग खेल्ने छ ।
यस्तो छ धादिङ टिम
कोचः दिपकराना र गोपी कृष्ण भण्डारी
टिम म्यानेजरः सरोज पाण्डे र सन्तोष थापा
निशान थापामगर
सुमन श्रेष्ठ
अशोक खवास
एकराज भण्डारी
मिनबहादुर धिमाल
अमिर श्रेष्ठ
रवि भण्डारी
राजेशभण्डारी
विजय भुजेल
आशिषराज श्रेष्ठ
विमल तामाङ
विवेक गुरुङ
मिछेन तामाङ
सुमन डंगोल
आशिष श्रेष्ठ
विपिन कडेल
रुपेश केसी
उमेश राई
अनिल तामाङ
पूर्ण लिम्बु चेक्जोङ
शिशिर