धादिङ चैत्र ३ गते जुम्ला सँग भिड्दै (खेल तालिका समेत)

Avatar photo
नारायण सिलवाल
मङ्लबार, फाल्गुन २५, २०७७
धादिङको टिम

धादिङ फागुन २५ । बागमती प्रदेशको अन्तर जिल्ला स्तिरीय एन्फा लिग प्रतियोगितामा काठमाडौंलाई हराउँदै विजेता बनेको धादिङले प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा चैत्र ३ गते जुम्ला सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालगंजमा चैत्र २ गते देखि हुने एन्फा प्रेसिडेन्ट लिग प्रतियोगितामा धादिङले ६ खेल खेल्ने छ जसमा चैत्र ३ गते पहिलो खेल जुम्ला सँग खेल्ने भएको हो । चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने यस एन्फा प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल क्लब, प्रदेश २ को विजेता रौतहटको मनकामना युवा क्लब, बागमती प्रदेशको विजेता धादिङको धादिङ समाज धादिङ, गण्डकी प्रदेशको विजेता लमजुङको त्रिवेनी युवा क्लब, लुम्बिनी प्रदेशको विजेता बाँकेको धमबोजी स्पोर्ट्स क्लब, कर्णाली प्रदेशको विजेता जुम्लाको लेकाली युवा क्लब र सुदूरपश्चिमको विजेताको कैलालीको स्टार सिटी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

धादिङबाट बागमती प्रदेशको प्रतिनीधित्व गरेको धादिङ समाज धादिङ र जुम्लाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको लेकाली युवा क्लव पहिलो पटक एन्फा प्रेसिडेन्ट लिगमा सहभागी भएका हुन् ।

धादिङको टिम
धादिङको टिम
जुम्लाको टिम

यस्तो छ खेल तालिका