
धादिङ फागुन १५ । बागमती प्रदेश स्तरीय लिग फटबल प्रतियोगितामा काठमाडौंलाई हराउँदै धादिङ समाज धादिङ प्रदेश च्याम्पियन बन्दै जिल्ला फुटबलको इतिहासलाई उचो बनाई दिएको छ ।
धादिङबाट जिल्लाको लागि खेल्ने क्लव धादिङ समाज धादिङ सदरमुकाममा रहेको क्लव हो । जिल्ला फुटबल संघले आयोजना गर्ने जिल्ला लिग जितेपछि मात्रै प्रदेश लिगमा जान पाईने एन्फाको नियम अनुसार धादिङ समाज धादिङले आठौं एन्फा जिल्ला लिग विजेता बन्दै प्रदेश यात्रा गरेको हो ।
२०७६ मध्य असारमा धादिङबेसी स्थित खुल्ला मञ्च प्राङ्गणमा आठौं एन्फा जिल्ला लिग संचालन गरिएको थियो । उक्त प्रतियोगितामा धादिङ समाज धादिङलाई विजय गराउन जर्सी नम्बर १७ का विपिन कडेलले खेल सुरु भएको दुई मिनेटमै भद्रकाली सामुदायीक विकास समाज मलेखु विरुद्ध गोल गरेका थिए । संयोग ०७७ सालमा पनि प्रदेश लिगको फाईनल खेल सुरु भएको २ मिनेट मै केडेलले धादिङ समाज धादिङका लागि प्रदेश विजेता बनाउने गोल गर्न सफल बने ।
त्यसो त धादिङ समाज धादिङको प्रदेश लिग यात्रा यो तेस्रो हो । सातौं लिग र त्यस अघिको एउटा लिग पनि धादिङ समाजले जितेको थियो तर प्रदेश च्याम्पियन बन्न धादिङ समाज धादिङले २०७७ कुर्नु पर्यो ।

२०७४ साल असारमा भएको सातौं जिल्ला स्तरीय एन्फा लिग गजुरी स्थित गलौंदीमा भएको थियो उक्त प्रतियोगिता पनि धादिङ समाजले नै जितेको थियो । उक्त प्रतियोगितामामा गजुरी सामुदायीक विकास समाजलाई २-० गोल अन्तरले पछि पार्दै धादिङ समाज धादिङ विजयी भएको थियो । धादिङ समाज धादिङबाट टिम क्याप्टेन गोपीकृष्ण भण्डारी र रवि भण्डारीले १-१ गोल गरि टिमलाई जिल्ला लिग विजेता बनाएका थिए ।
यस्तो थियो, आठौं जिल्ला लिग