धादिङ, गजुरी असार ३ । धादिङको गजुरी गाउँपालिका स्थित त्रिशुली नदी किनार गलौदीमा भएको जिल्ला स्तरीय एन्फा फुटबल लिग प्रतियोगिता धादिङ समाज धादिङले जितेको छ ।
७ औ जिल्ला स्तरीय एन्फा फुटबल लिग प्रतियोगिता गजुरी सामुदायीक विकास समाज लाई २-० गोल अन्तरले पछि पार्दै धादिङ समाज धादिङ विजयी भएको हो ।
धादिङ जिल्लाको राम्रो फुटबल क्लवको रुपमा स्थापित धादिङ समाज धादिङबाट टिम क्याप्टेन गोपीकृष्ण भण्डारी र रवि भण्डारीले १-१ गोल गरि टिमलाई विजय पक्का गरेका थिए । भने गजुरी सामुदायीक विकास समाज ले १ गोल पनि गर्न नसकि दोस्रो स्थान पक्का गरेको थियो ।
जिल्ला फुटबल संघ धादिङले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुने धादिङ समाज धादिङलाई ४१ हजार नगद र द्धितिय गजुरी सामुदायीक विकास समाजलार्य २१ हजार नगदको र शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । स्वीर सौजन्यः बृजेस गुप्ता