बागमती प्रदेशबाट प्रेसिडेन्ट खेल्ने खेलाडीलाई भिम ढुङ्गानाले २ लाख र दिपक खतिवडाले १ लाख सहयोग गर्नेे घोषणा

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ३, २०७७

धादिङ चैत्र ३ । एन्फाद्वारा नपालगंजमा जारी अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिगमा बागमती प्रदेशको तर्फबाट खेल्ने धादिङ समाजका खेलाडीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना र जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाद्वारा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

नेपालगंज पुगेर नगर प्रमुख ढुङ्गानाले खेलाडीहरुलाई भट्दै बागमती प्रदेशका लागि प्रेसिडेन्ट कप जितेमा नीलकण्ठ नगरपालिकाले नगद २ लाख खेलाडीहरुलाई प्रदान गर्ने बताउनु भएको हो । प्रमुख ढुङ्गानाले यस अघि भएको बागमती प्रदेश लिगमा धादिङको टिमलाई जितेको प्रतिगेम बराबर ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

यस्तै जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले पनि बागमती प्रदेशको लागि खेल्दै गरेको धादिङको टिमका खेलाडीलाई १ लाख दिने घोषणा गर्नु भएको छ । यस अघि भएको बागमती प्रदेश लिगको फाईनलमा अध्यक्ष खतिवडाले प्रतिगोल १५ हजारको घोषणा गर्नुभएको थियो ।

धादिङको पहिलो खेल आज जुम्ला सँग हुँदै छ ।