
धादिङ फागुन २२ । धादिङको नीलकण्ठ नगरपालिका १ पात्लेमा जारी अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगितामा शनिबार ३ वटा खेलहरु सम्पन्न भएका छन् ।
जिल्ला समन्वय समिति धादिङको आयोजना र स्थानीय बुद्धभुमी युवा समाजको व्यवस्थापनमा सुरुभएको यस प्रतियोगिताको आज दोस्रो दिनको उक्त ३ खेलमा त्रिपुरासुन्दरी, ज्वालामुखी र नीलकण्ठ विजयी भए ।
जितका लागि धुनीबेसी नगरपालिका विरुद्धमा त्रिपुरासुदरी गाउँपालिकाका राजन विकले १ गोल गरेका थिए भने ज्वाललामुखी गाउँपालिकाको जितका लागि गल्छी गाउँपालिका विरुद्ध ज्वालामुखीका इन्द्रबहादुर गिदेल र संजय गिदेल मगरले १–१ गोल गरेका थिए ।
यस्तै शनिबार भएको अन्तिम खेलमा नीलकण्ठ नगरपालिकाका विपिन कडेलले रुबीभ्याली गाउँपालिका विरुद्ध १ गोल गरेका थिए । यो सँगै धुनीबेसी नगरपालिका, रुबीभ्याली गाउँपाकिला र गल्छी गाउँपालिका प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस अघि शुक्रबार भएको खेलमा गजुरी र नेत्रावती डब्जोङ गाउँपालिका विजय भएका थिए भने खनियाबास र थाक्रे प्रतियोगिताबाट बाहिरिएका थिए ।

- धादिङमा समन्वय कप फुटबल जारी, गजुरी र नेत्रावती डब्जाेङकाे विजय सुरुवात
- धादिङमा खेल मैदान समेत नभएको क्लवले प्रदेश जित्यो –राखेप सदस्य सचिव सिलवाल
- धादिङमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता (खेल तालिका समेत)
जिल्लाको गंगाजमुना गाउँपालिका बाहेकका १२ वटा स्थानीय तहले भाग लिएको यस प्रतियोगिताको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार, सान्तोना पुरस्कार १५–१५ हजार शिल्ड र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

