
धादिङ फागुन २१ । जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा भोली (फागुन २१गते) देखि अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
१३ वटा पालिका मध्य गंगा जमुना भन्दा बाहेकका सबै गाउँपालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
आयोजकले दुई समुह बनाएर खेल खेलाउने भएको छ । जसमा १. खनीयबास, २. गजुरी, ३. धुनीबेसी, ४. त्रिपुरासुन्दरी, ५. ज्वालामुखी, ६. गल्छी समुह A मा परेका छन् भने ७. नेत्रावती डब्जोङ, ८. थाँक्रे, ९. रुबीभ्याली, १०. नीलकण्ठ, ११. सिद्धलेक, १२. बेनीघाट रोराङ समुह B मा परेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार, सान्तोना पुरस्कार १५–१५ हजार शिल्ड र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।
यस्तो छ खेल

फागुन २१ गते
- खनीयाबास गाउँपालिका Vs गजुरी गाउँपालिका
- नेत्रावती डब्जोङ गाउँपालिका Vs थाक्रे गाउँपालिका
फागुन २२ गते
- धुनीबेसी नगरपालिका Vs त्रिपुरासुन्दरी गाउँपाकिला
- रुबीभ्याली गाउँपाकिला Vs नीलकण्ठ नगरपालिका
- ज्वालामुखी गाउँपालिका Vs गल्छी गाउँपालिका
फागुन २३ गते सेमि फाईनल खेल
- सिद्धलेक गाउँपालिका Vs बेनीघाट रोराङ गाउँपालिका
- १ र २ को विजेता Vs ३ र ४ को बिजेता
- ७ र ८ को बिजेता Vs ९ र १० को विजेता
फागुन २४ गते
- ५ र ६ को विजेता Vs १,२,३,४ को विजेता
- ११ र १२ को विजेता Vs ७,८,९,१० को बिजेता
फागुन २५ गते फाईनल खेल
- समुह A को विजेता र समुह B को विजेता