धादिङ फागुन २१ । धादिङको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता उदुघाटन गर्न धादिङ आउनु भएका राखेप सदस्य सचिव रमेशकुमार सिलवालले खेल्ने एउटा फुटबल मैदान समेत नभएको एउटा क्लवले धादिङलाई चिनाउने गरि बागमती प्रदेश स्तरीय प्रतियोगिता जितेको बताउनु भयो ।
जिल्ला समन्वय समिति धादिङले नीलकण्ठ १ पात्लेमा आयोजना गरेको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता उदुघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले धादिङका स्थानीय सरकारहरुले खेलकुदका पूर्वाधार विकासका लागि विशेष योजना ल्याउनु पर्ने बताउँदै धादिङ प्रदेश विजेता बने सँगै धादिङमा जादुगर फुटबल खेलाडी रहेको पुष्टि भएको बताउनु भएको हो ।
धादिङ समाज धादिङले बागमती प्रदेश स्तरीय प्रतियोगितामा देखाएको खेल प्रदर्शनलाई धादिङ जिल्लाले गर्व गर्दै खेलकुदका पूर्वधारहरुमा स्थानीय सरकारहरुले लगानी बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।
पूर्वाधार विकासका लागि धादिङबाट माग भएअनुसार आफुले बजेट विनियोजन गरेको र अब राखेपले के गर्नु पर्छ माग लिएर आउन समेत उहाँले स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
पात्ले होमस्टे सँगै रहेको खेल धुले मैदानलाई अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउन आफु तयार रहेको र त्यसका लागि १५ दिन भित्रमा प्रस्तावना पेस गर्न समेत सदस्य सचिव सिलवालले आग्रह गर्नुभएको छ । प्रतियाेगितामा १३ वटा पालिका मध्य गंगा जमुना भन्दा बाहेकका सबै गाउँपालिकाहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार र सान्तोना हुने दुई टिमलाई १५-१५ हजा सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।