बेनीघाटको नि:शुल्क कपडा घरलाई सहयोग प्राप्त

Avatar photo
Dhadingpost
मंसिर १६, २०७७

धादिङ मंसिर १६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वका उप संयोजक एवम् बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय मनोज गोर्खालीले बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई सहयोग गर्नु भएको छ ।

गोर्खालीले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंकका संस्थापक सदस्य सुरज पाण्डे, निराजन श्रेष्ठलाई काठमाडौंमा निशुल्क कपडा घरको लागि ५० थान न्यानो कपडा सहयोग गर्नुभएको हो ।

सबैलाई खाना र नाना भन्ने अभियानलाइ साथ दिदै युवा समाजसेवी सक्शी उप्रेती र उहाँको साथीहरुको सहयोगमा नि:शुल्क कपडा घरलाई कपडा सहयोग प्राप्त भएको छ ।

यस्तै बेनीघाट रोराङ वडा नं ५ वडा सदस्य समाजसेवी राम बहादुर गौलीले पनि ५ हजार बराबरको कपडा नि:शुल्क कपडा घरलाई सहयोग गर्नुभएको छ ।

यस्तै फिस्लिङबाट यो जाडोको समयलाई ख्याल गर्दै रञ्जना श्रैष्ठले पनि नि:शुल्क कपडा घरलाई कपडाहरु उपलब्ध गराउनु भएको छ । नि:शुल्क कपडा घरलाई सहयोग गर्न चाहानेहरुले दिपेश कडेल 9865003195 मा सम्पर्क गर्न सकिने छ ।