धादिङ कार्तिक ६ । धादिङमा २ वटा निशुल्क कपडा घर संचालनमा छन् । स्थानीय युवाहरुको संक्रियतामा धादिङबेसी स्थित क्याम्पस चोक र बेनीघाट बेराङ स्थित बेनीघाट बजारमा असाह्य र गरिवहरुका लागि नि:शुल्क कपडा घर संचालनमा ल्याईएको हो ।
खाना, नाना र छानाबाट कोहि बन्चित हुनु हुँदैन भन्ने नाराका साथ संचालनमा आएको यस कपडा घरमा हुनेले सहयोग गर्ने र नहुनेले छानी छानी नि:शुल्क कपडा लान सक्ने व्यवस्था गरिएको छ ।
बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई समाजसेवीका रुपमा आफ्नो परिचय बनाउँदै गर्नु भएका रमेश धमला दम्पतीले १० बोरा कपडा सहयोग गर्नुभएको स्थानीय युवा अगुवा दिपेश कडेलले धादिङपोष्टलाई बताउनु भयो ।