
धादिङ । धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले हात पारेको छ । यो नीलकण्ठको लगातार चौथो जित हो ।
प्रतियोगितामा नीलकण्ठले २० स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको छ । यस्तै रुबीभ्याली गाउँपालिका ९ स्वर्णसहित दोस्रो र गजुरी गाउँपालिका ८ स्वर्णसहित तेस्रो स्थानमा रहन सफल भएका छन् ।
बैशाख ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज एक भव्य समारोहका बीच समापन गरिएको हो ।
पदक तालिका
- नीलकण्ठ नगरपालिका २० स्वर्ण, ९ रजत, कास्य ९
- रबीभ्याली गाउँपालिका ९ स्वर्ण, २ रजत, कास्य १
- गजुरी गाउँपालिका ८ स्वर्ण, ९ रजत, कास्य ७
- ज्वालामुखी गाउँपालिका ५ स्वर्ण, ५ रजत, कास्य ९
- थाक्रे गाउँपालिका ४ स्वर्ण, ५ रजत, कास्य ७
- त्रिपुरासुन्दरी गाउँपालिका ३ स्वर्ण, ७ रजत, कास्य ५
- गल्छी गाउँपालिका १ स्वर्ण, ६ रजत, कास्य १२
- सिद्धलेक गाउँपालिका १ स्वर्ण, ७ रजत, कास्य ३
- धुनिबेसी नगरपालिका १ स्वर्ण, २ रजत, कास्य ९
- नेत्रावती डवजाेङ गाउँपालिका १ स्वर्ण, १ रजत, कास्य १
- गंगाजमुना गाउँपालिका १ स्वर्ण, कास्य २
- बेनिघाट राेराङ गाउँपालिका कास्य १
- खनियाबास गाउँपालिका कास्य ५
समापन तथा पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा भीम प्रसाद ढुङ्गाना उपस्थित रहेका थिए ।
त्यसैगरी, विशेष अतिथिहरूमा परशुराम खतिवडा र गणेशलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जिल्लाका १३ वटै स्थानीय तहबाट छनोट भएर आएका खेलाडी विद्यार्थीहरु सहभागि थिए । जिल्लाबाट छनोट भएका खेलाडीहरुले अब जेष्ठ १ गते देखि हुने बागती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।
विगत पाँच संस्करणको नतिजा
