
धादिङ । नेपाल रेडक्रस सोसाईटीले आयोजना गरको राष्ट्रिय कविता प्रतियोगितामा धादिङबाट एड्भान्स एकेडेमीमा अध्ययनरत छात्रा शान्ति तामाङ पुरस्कृत भएकी छिन् । उनी बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी थिईन् ।
रेडक्रस अभियनः रक्तदान जिवन दान शिर्षक दिईएको उक्त राष्ट्रिय कविता प्रतियोगितामा जुनियर सर्कल तर्फ प्रथम अनुस्का पौडेल प्यूठान प्रथम, कृष्ण मोक्तान ललितपुर द्वितिय, भास्कर लुईटेल इलामा तृतीय हुँदा धादिङबाट शान्ति तामाङ सान्तोना हुँदै पुरस्कृत भएकी हुन् ।
यस अघि भएको बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा जुनियर सर्कल तर्फ धादिङ स्थित एड्भान्सकी शान्ति तामाङ प्रथम हुँदा, सिद्धिमंगल मावि ललितपुरका कृष्ण मोक्ता द्वितीय र पद्मकन्या विध्याश्रम माबि काठमाडौंकी राज्यलक्ष्मी गुप्ता तृतीय भएका थिए।
यस अघि २०७४ सालमा पनि नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा जिल्ला प्रदेश छनोट हुँदै एड्भान्स एकेडेमीबाट सहभागी प्रशंंषा सिंखडा तृतीय भएकी थिईन् ।