एड्भान्सकी शान्ति तामाङ कवितामा बागमती प्रदेश प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २२, २०८१

धादिङ । नेपाल रेडक्रस सोसाईटीले आयोजना गरको बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत छात्रा शान्ति तामाङ प्रथम भएकी छिन् ।

जुनियर सर्कल तर्फ धादिङ स्थित एड्भान्सकी शान्ति तामाङ प्रथम हुँदा, सिद्धिमंगल माबि ललितपुरका कृष्ण मोक्ता द्वितीय र पद्मकन्या विध्याश्रम माबि काठमाडौंकी राज्यलक्ष्मी गुप्ता तृतीय भएका छन् ।

यस्तै युवा सर्कल नुवाकोट स्थित बागेश्वरी माबिकी सुनिता तामाङ प्रथम, ग्रामर स्कुल काठमाडौंकि बिजेता कार्की द्वितीय र एड्भान्स एकेडेमी धादिङकी एलिना बानिया तृतीय भएका छन् ।

एड्भान्स एकेडेमीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार वागमती प्रदेशमा छनोट चरण पारगरेका सहभागीहरु केन्द्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

यस अघि २०७४ सालमा पनि नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा जिल्ला प्रदेश छनोट हुँदै एड्भान्स एकेडेमीबाट सहभागी प्रशंंषा सिंखडा तृतीय भएकी थिईन् ।