धादिङबेसी पौष २८ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय जुनियर रेडक्रसद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा धादिङको एड्भान्स एकेडेमीको छात्रा प्रशंंषा सिंखडा तृतीय स्थान हासिल गरेकि छिन् ।
पहिलो चरणमा देशभरिको २४ शाखाबाट भाग लिएको उक्त प्रतियोगितामा ८ सहभागीले मात्र दोस्रो चरणमा प्रबेश पाएका थिए ।
प्रतियोगितामा घनश्याम घिमिरे दिप बोर्डिङ हाइस्कुल बुटवल प्रथम र महालक्ष्मी एकेडेमी, ललितपुर दिक्षा घिमिरेले दोश्रो स्थान प्राप्त गरेको एड्भान्स एकेडेमीका शिक्षक अमृत तामाङले धादिङपोष्टलाई बताउनु भयो ।